खरानी

 

अगेना एउटा डिलमा 

म बसेको छु

दन्किरहेको मुडोसंगै

जलिरहेको मुटु लिएर


अगेनाको अर्को डिलमा 

तिमी बसेकी छौ

चिस्यान परेका दाउरासंगै

चिसो तिम्रो मन लिएर


बिस्तारै;

अगेना वरिपरि रहेका दाउरा सकिनेछ

भुर्र बल्ने मसलाका पात, चपेरा

कोइलै बनिहाले पनि ताप सकिनेछ


त्यसरी नै 

जसरी सम्बन्धको अगेनिमा

म सक्किए,

चिसै भएपनी तिम्रो अस्तित्व सकियो


र बाँकी रह्यो 

धेरै म अनि

थोरै तिमी मिलेर बनेको 

खरानी!





Post a Comment

0 Comments